भारतको महाराष्ट्र राज्यको गढचिरोलीमा माओवादीले थापेको धरापमा परी १३ जना प्रहरी घटनास्थल मै मारिएका छन् । विष्फोटमा पाँच जना गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।
धनोरा नजिकैबाट गइरहेको केन्द्रीय रिजर्व प्रहरीको एउटा बस माओवादी छापामारले सडकको बीचमा बिच्छ्याइएको धरापमा परेको थियो ।
भारतमा दुई वर्ष यता माओवादीले गरेको यो अहिलेसम्म कै ठूलो आक्रमण भएको बताइएको छ । माओवादी विद्रोहीले दुई साताअघि पूर्वी उडिसा राज्यबाट दुई जना इटालीयन नागरिकलाई अपहरण गरेका थिए ।
तीमध्ये एक जनालाई मुक्त गरिए पनि अर्कालाई छाड्ने सम्बन्धमा राज्य सरकारसँग कुरा भइरहेको बताइएको छ ।