राष्ट्रसंघका विशेष दुत कोफी अन्नानको शान्ति प्रस्ताव सिरियाली राष्ट्रपति बसर अल असादद्धारा स्वीकार

संयुक्त राष्ट्रसंघका विशेष दुत कोफी अन्नानको शान्ति प्रस्ताव सिरियाली राष्ट्रपति बसर अल असादले स्वीकार गरे पनि अमेरिका लगायतका पश्चिमा देशहरु अझै सशंकित रहेका छन् ।

 

असादको स्वीकारोक्तिप्रति प्रतिक्रिया दिदै अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले घटनाक्रमहरुले असदको फैसला गर्ने बताउनुभयो । क्लिन्टनले असादले राष्ट्रसंघको शान्ति प्रस्ताव स्वीकार गर्ने हो भने तत्काल प्रदर्शनकारीमाथिको दमन बन्द गरी जनघनत्व भएका क्षेत्रबाट सुरक्षाकर्मी फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्नालको ६ बुंदे प्रस्तावमा बढी जनघनत्व भएका क्षेत्रबाट तत्काल ट्यांक र सैनिकहरु फिर्ता गर्ने र मानवीय सहयोग वितरण कार्य शुरु गर्ने लगायत छन् । प्रस्तावमा असादलाई सत्ता त्याग लगायतका विपक्षीहरुको मागबारे केही उल्लेख छैन ।


सिरियामा हिंसा शुरु भएको एक बर्षको अवधिमा झण्डै नौ हजार सर्वसाधारणले ज्यान गुमाईसकेको राष्ट्रसंघले जनाएको छ ।