अमेरिकामा चिकित्सकहरुले प्रत्यारोपणको माध्यमबाट एक व्यक्तिलाई नयाँ अनुहार दिन सफल भएका छन् । उनीहरुले यो प्रत्यारोपण आफैमा नौलो प्रयोग भएको दावी गरेका छन् । मेरिल्याण्ड विश्वविद्यालयमा गरिएको अपरेशनमा रिचर्ड नोरिस नामका व्यक्तिलाई दाँत, चिउँडो र जिब्रोलगायतका अंग प्रत्यारोपण गरिएको हो । चिकित्सकहरुले ३६ घण्टा लगाएर नौरिसलाई नयाँ अनुहार दिन सफल भएका थिए ।
यद्यपि, अपरेशन प्रत्यारोपणको लागि गरिएको ७२ घण्टाको एक भाग थियो । अंगदान गर्ने व्यक्तिका अंग रिचर्डको अनुहारमा प्रयोग गरिएको थियो । ३७ वर्षिय नौरिस १५ वर्षकै हुँदा गम्भीर घाईते भै अनुहार पूरै क्षतविक्षत भएको थियो । यसैले गर्दा अनुहार देखाउन उनी घर बाहिर निस्कन नसकेर सकसपूर्ण जीवन जिइरहेका थिए ।
रिचर्डको अपरेशनका लागि अमेरिकी नौ सेनाले रकम उपलब्ध गराएको थियो । नौ सेनाले इराक र अफगानिस्तानमा घाइते सैनिकमा यस्तो प्रविधिले सहयोग पुग्ने आशामा रकम दिएका थिए । विश्वमा पहिलो अंग प्रत्यारोपण भने सन् २००५ मा फ्रान्समा गरिएको थियो । चीनमा पनि यस्तो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भैसकेको छ ।