– उमाकान्त पाण्डे, गाउले
हाम्रो देशको अर्थतन्त्र बैदेशिक रोजगारिमा गएका ब्याित्त हरुले कमाएर पठाएको रकम रेमिट्यान्सले धानेको यथार्थता हो । बैदेशिक रोजगारिकालागि हाल दैनिक १ हजारको हाराहारिमा देशको युवाजनशक्ति छिमेकि मुलुक भारत बाहेक अन्य तेस्रो मुलूकका लागि उड्ने गरेको तथ्याक अध्यागमन बिभाग सग छ । बैदेशिक रोजगारि तथा बिभिन्न पेशामा आबद्दता भएर करिब ३५ लाख भन्दा बढी नेपालि गैर आवसिय नागरिक एनआरएनको हैसियतमा भौतारिएको पाईन्छ । भलै यस सख्याको औसतमा केहि ब्याित्त बिसेशको अवस्था राम्रै भए पनि अधिकाश् नागरिकको अवस्था दयनिय छ । जस मध्ये त्यो सख्याको अनुपातमा बीबिध कारणमा श्रम बेचि आय आर्जन गर्ने भन्दै बैदेशिक रोजगारिमा जाने नेपालि महिलाको सख्या पनि उित्तकै बढि छ । हाल बिश्वका बिभिन्न मुलुक गइ रोजीरोटि गर्ने नेपालि महिलाको सख्या पुरुश सरह पुग्न लागेको छ । गैर आवसिय नेपालि सघ एनआरएनले गएको दुइ बर्ष अघि सार्वजनिक गरेको तथ्याक अनुसार करिब ३० लाख नेपालि बिदेश गएर आ७३द्दघढडस्नो जिविकोपार्जन गरिरहेका छ्न।
बिदेशमा गएर कमाउने ३० लाखको सख्या भए पनि त्यस बाट धानिने परिवारको स्वरुप हेर्दा समग्र नेपालको अर्थतन्त्रको पुरा रुप देखिन्छ । मतलब रेमीट्७३द्दघढढसान्स ले समग्र देशको अर्थतन्त्र लाइ डोराइ रहेको छ । पुरुस प्रधान देशको नाममा पूरुसले मात्र कमाऊने तथा महिलाले घरको चुल्हो चौका मात्र गर्नु पर्छ भन्ने मान्यता हाल व्रुमिक रुपमा परिवर्तन हुन लागेको छ।
अहिले नेपालि चेलि चुल्हो चौकामा मात्र होइन निजामति कर्मचारि हुदै बैदेशिक रोजगारिका लागि पनि दिनहु जाने गरेका छ्न । बैदेशिक रोजगार अन्तरगत खास गरि खाडि मुलुकमा जाने व्रुम ह्वात्तै बढेको छ। खाडी मुलुकहरु खास गरि सयुत्त अरब एमिरेट्स यूएई दुबई मलेसिया साउदि अरब कुवेत कतार इजरायल बहराइन र ओमन लगायतका देशमा नेपालि महिला जाने व्रुम बढेको छ । ति मुलुक हरुमा खास गरि घरेलु हाउसमेड कामदारको रुपमा महिला जाने गरेका छन ।
बैदेशिक रोजगारका लागी जाने अधिकाश महिलाहरु मध्ये कसैका श्रिमान स्वर्गारोहण कसैको श्रिमान सग पारपाचुके भएकोकोहि अन्य बाध्यता बश तथा कोहि रहरले घुम्नेका साथसाथमा धेरथोर कमाउने उद्देश्य लिएर जाने गरेको पाईन्छ ।
नेपालि महिला रोजिरोटीका लागि मात्र नभएर अन्य आयमुलक कार्यमा समलग्न भएको देखिन्छ। यूएईको दुबईमा ताप्लेजुन्गकि एक राइ थरकि महिलाले नेपालि होटल रेस्टुरेन्ट समेत चलाएकि छ्न ।
स्वदेशमा राजनीतिक अस्थिरतास्थायी सरकारको अभाव यथोचित श्रमबजारको अभाव गरिवी अशुरक्शा लगानी गर्ने वातावरणको कमी आदि कारणले युवा वर्ग आ७३द्दघढडस्ना रहरलाई काखी च्यापेर बाध्यतालाई अगाल्न विवश छन । बर्षेनि विदेशी भूमिमा श्रम खर्चने नेपालीको सख्या ठूलो छ । वैध बाटो अपनाएर पनि भित्रायाएको छ । तर दलालको आश्वासनमा परेर घर खेत बन्धक राखी विदेशिएका नेपालीको अवस्था अत्यन्त कारुणिक छ । यस बेलैमा विचार नपुर्याउने हो भने अवैध कामदार विदेश पठाउने देशमा नेपालको स्थान सर्वाधिक अगाडि नपर्ला भन्न सकिदैन।
गत आ।व। को साउन महिनामा मात्रै २९ हजार ६८५ कामदार विदेशिएकोमा ३३१ महिला छन । त्यस्तै भदौ महिनामा २५ हजार ३७५ विदेशिएकामा ३१४ महिला छ्न । असोज महिनामा २३ हजार ५४८ विदेशिएकोमा २१ महिला छन । त्यस्तै कार्तिक महिनामा २३ हजार ८९ विदेशिएकोमा ५० महिला छ्न । वैदेशिक रोजगारिमा जाने शिलशिलामा कतिपय ठगिएका पनि छ्न ।
ठगी नियन्त्रणका साथसाथै वैदेशिक रोजगारलाइ थप व्यबस्थित गर्नु अपरिहार्य भएको छ । अवैधरुपमा विदेश जानबाट रोक्न सरकारले प्रभाबकारी कदम चालेन भने नेपालीहरुको विदेशमा रहदाको अवस्था पीडादायी हुनेछ । स्वय वैदेशिक रोजगारमा जानेहरुले पनि अवैध बाटो अगाल्नु गलत हो भन्ने बुझेर समयमै होसियारि अपनाउन जरुरि छ ।
नेपाल सरकारबाट सस्थागत रुपमा वैदेशिक रोजगारका लागि खुला गरिएको देशहरुको सख्या ११८ भए पनि अवैधानिक बाटो हुदै विभिन्न मुलुक छिर्ने नेपाली विश्वका हरेक देश छिचोल्ने गरेका छन । स्वदेशमै श्रम खर्चिने वातावरण निर्माण नभएसम्म विदेशिने व्रुमले निरन्तरता नपाउला भन्न सकिदैन । यसर्थ रेमिट्यान्सको मुख ताक्न्र मात्र नभइ नेपाली श्रम विदेशिनबाट रोक्नेतिर पनि ध्यान हुनु जरुरि छ ।
विदेश गएका जे जति कामदार छ्न सबैको अवस्था नियाल्नु जरुरि छ । काम कस्तो छउनीहरु सन्तुस्टि छन या छैनन कोही अफ्ठारोमा पो परेको छ कि परेका भए सुल्झाउने प्रयन्त पनि सम्बन्धित निकायबाटै गरिनुपर्छ। अन्यथा हाल ओइरोको रुपमा आउने रेमिट्यान्सले भोलि विकराल रुप नल्याउला भन्न सकिन्न !