– किरण पाण्डे
नेपाल बिकासोन्मुख देश भईकन यहाका सडक, सडकमा लाखौको सख्यामा सडक बालबालिकाहरु बसिरहेका छ्न। महिलाले आफ्नो अधिकार पचास प्रतिशत खोजिरहेको र सम्बिधान बन्ने चौति७३द्दघढडस्र सन्दर्भमा यहाका बालबालिका को बारेमा पनि सोच्नु अत्यावश्यक र अपरिहार्य देखिन्छ। भन्छन बालबालिकाहरु भोलिका कर्णधार हुन। होहुन! थाहा छ। तर के ती बालबालिकाहरुलाई भोलिका कर्णधार बन्न लायकको शिछ्या, दिछ्या प्रदान गरिएको छ त सरकारका आश्वशन बाहेक केहि पनि हुन सक्दैनन र अनि सहरका महलमा सीमित एनजिओ आई एनजिओ बिदेशि डलर कमाउने श्रोत बाहेक अरु कुनै कार्यमा समावेश छैनन। यस्तो जटिल र गम्भिर वर्तमान परिपेछ्यमा बालअधिकार सम्रछ्यण गर्ने को र भोलिको उज्यलो नेपाल सुनिशिच्त गर्ने जिम्मेवारि कसको सायद यो प्रश्न ती निर्दोष र कलिला सडक बालबालिकाको पनि हुन सक्दछ तर उत्तर दिने जिम्मेवारि कसको त
हाम्रै सेरोफेरोको कुरा गर्ने हो भने पनि यहाका गल्लि, गल्लिमा त्यस्ता कैयौ सडक बालबालिका छन जसले तातो सडकलाई आफ्नो न्यानो बिस्तारा बनाउन बाध्य छन ढुन्गालाई कढा शिरानि र खुला आकाशलाई शिरक बनाइरहेका छन। पढ्ने रहर उनिहरुको पनि हुदो हो। राम्रो लगाउने र मिठो खाने रहर उनिहरुको पनि छ तर ति रहर रहरमै सिमित छ्न। अन्तराष्ट्िरय स्तरमा समेत उनिहरुको अधिकार सम्रछ्यणका लागि थुप्रै कार्यहारु तर्जुमा राखिएका छन अनि सन्सारले स्विकारेका ती बालअधिकारका बुदा उल्लेखित पानाहरुमा नेपालले पनि हस्तछ्यर गरेको छ तर ती नियम र कानुन पालना गर्नमा निकै पछाडि नै। यस्तो भयानक अवस्थाले नेपालका बालबालिकाको अवस्था दिनानुदिन डरलाग्दो बनाइरहेको छ।
यहाका सडकमा छरिएर बस्ने ती सडक बालबालिकाहरु थुप्रै प्रकारका असामाजिक वि्रुयाकलापमा पनि समाबेश गराइरहेका छन। समाजमा मासय भनौदाहरुले उनिहरुलाई कहिले काहि लागुपदार्थको कारोबारमा समेत समाबेश गराउन्दै आएका छन र बिचरा ति कोमल हि्रदयमय बालबालिकाहरु लागुपदार्थ दुबर्यसनिका सिकार बन्दै आएका छन। चाहदा, नचाहादै पनि उनिहरु आफुलाई यस्ताप्रकारका कार्यमा समावेश बनाइरहेका छ्न। के सही हो र के चाहि गल्ती हो भन्ने छुट्टयाउन नसक्ने र सो कुरा सिकाउने अभिभावकबिहीन उनिहरु आफ्नो भविष्यनै जोखिममा राखि दिनहरु बिताउन बाध्य छ्न किनकि उनिहरुलाई भोलिको भन्दापनि आजका कुराहरु थाहा छैनन।
बालबालिकाको नैसर्गिक अधिकारमा पर्ने थुप्रै कुराहरु जस्तै आमाबुबाको अधिकार खानपानको अधिकार शिछ्याको अधिकारस्वास्थयको अधिकार आदिबाटनै उनिहरु बन्चित छन। तर पनि सरकार गठन हुन नपाउदै समाज कल्यण तथा बालबालिका मन्त्रालय दाबी भने धेरैले गर्दछ्न। के नया नेपालको नया सम्बिधानमा बाल अधिकार सुनिश्चित होला त भएन भने बिरोध हुने डरले सरकारले केही हदसम्म बालअधिकार सग सम्बन्धित कुराहरु सम्बिधानमा उल्लेखित त गर्ला तर ति कुराहरु पालना नभई कागतमै सिमित हुने स्पषटै छ। बर्षेनि बाल्बालिकाकालागि भनेर बिदेशि एजेन्सीहरुले लाखौ डलर पठाउदछ्न तर ती डलरले यहा रातारात करोडपति बन्ने खेल खेलिरहेका छन बालबालिकाको वास्ता नै नगरि। बालअधिकार सम्र्छ्यण गर्ने नाउमा यसरि बालबालिकाको अधिकार माटोमा मिसाउने तपाई हाम्रै बीचमा खुलमखुल्ला हिडीरहेको हामिहरुले टुलुटुलु हेरिरहेका मात्रै छौ। के उनिहरु कारबाहिको दायरामा ल्याइन सकिदैनन यदि सकिन्छन भने किन ल्याइएका छैनन ।
सन्सारमा एक एक सेकेण्डमा केयौ बालबालिकाहरु थपिइरहेका छन। एउटा जिम्मेवार आमाबुबाको दायित्व बालबच्चालाई जन्म दिनु मात्र होइन। उचित पालन पोषण गरि अगाडि बढ्नकालागि मार्गप्रदर्शन गर्नु सबै आमबुबाको समान कर्तब्य हो र यसबाट बन्चित हुन नपाउनु सबै बालबालिकाको पनि अधिकार हो। बालबालिकाको जन्मदर्ता गरेर सोरह बर्षको उमेरमा उसलाई नागरिकता प्रदान गर्दैमा बालबालिकाप्रति त्यस राष्ट्र्को कर्तब्य सकिदैन। राष्ट्रका कुनाकाप्चाका बालबालिकाको अवस्था बुझेर उनिहरुलाई आवश्यक पर्ने बातावरण प्रदान गरि बालअधिकार सम्रछ्यण गर्नु प्रत्येक नागरिकको कर्तब्य हो । त, त र म, म गर्दै बसेर अब बिकाश असम्भव छ। त्यसैले अब बालअधिकार सम्रछ्यण गर्ने समय भएन र ?
नाम: किरण पाण्डे
बिधालय: न्यु होराइजन ऊमाबि
ठेगाना: बुटवल १३ कालिकानगर लेखक बुटवल एफ.एमका बाल कार्यव्रुम प्रस्तोता हुन।