अर्घाखाँची डटकमका सम्पादक वीरेन्द्र केसी ।
– अर्घाखाँची ब्युरो
अर्घाखाँची – जिल्लामा रही एचआईभी एडसको बारेमा उत्कृष्ट समाचार सम्प्रेषण तथा सुचना प्रदान गरि सुसूचित गराउनमा महत्वपुर्ण योगदान गरेको भन्दै सम्पादक वीरेन्द्र केसीलाई सम्मान गरेको छ । जिल्लाबाट एचआईभी सम्बन्धि उकृष्ट कमल चलाएको भन्दै कान्तिपुर दैनिकका अर्घाखाँची संवाददाता तथा अर्घाखाँची डटकमका सम्पादक वीरेन्द्र केसीलाई सम्मान सहित नगद पुरस्कारले पुरस्कृत गरेको छ ।
चार वर्ष देखि एचआईभी एडस नियन्त्रण गर्नमा समाचार सम्प्रेषण गरि महत्वपुर्ण भुमिका भएकाले सम्मान गरिएको आयोजकले बताएको छ । जिल्ला एडस समन्वन समिति र सकि्रय सेवा समाजले प्रमाण-पत्र सहित समितिका अध्यक्ष एंव स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले बिहीवार सम्मान गरेका हुन ।
समितिको चौमासिक बैठकको अवसरमा सम्मान गरिएको हो । एचआईभी कलम चलाउन अन्य पत्रकार गणेश खनाल शोभाखर पंथी र प्रेमनारायण आचार्यलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा समितिका सदस्य सचिव तथा जिल्ला स्वास्थ्य प्रमुख डा. चित्रप्रसाद शर्मा समाजका कार्यक्रम संयोजक बालकृष्ण खत्री विभिन्न राजनीतिक दलका नेता लगायतले जिल्लामा एचआईभी संक्रमितको संख्या न्युनिकरण गर्न र संक्रमितहरुलाई सार्वजनिक गराउनमा संचारमाध्यमले सकारात्मक सन्देश प्रवाह गरेको भन्दै उच्च प्रशंसा गरेका थिए ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.