– तारा खड्का
चैत्र १६ अर्घाखाँची । आगामी जेष्ठ १४ भित्रमा शान्ती प्रकि्रया पुरा गरी संवीधान जारी नभए मुलुक गम्भीर संकटमा फस्ने भन्दै एक कार्यक्रमका बक्त्ताहरुले शान्ती र संविधानमा केन्द्रित हुन प्रमुख दलका नेताहरुलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारी पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीद्धारा आज सन्धिखर्कमा आयोजित कार्यक्रममा मन्तव्य राख्ने बक्त्ताहरुले जनआन्दोलनका उपलब्धिहरुलाई सस्थागत गर्न तत्काल शान्ती प्रकि्रया पुरा गरी संविधान जारी गर्नुपर्ने वताए । उनिहरुले संक्रमण कालको फाईदा उठाएर पुनर उत्थान वादीहरुले टाउको उठाउन खोजेको भन्दै हरेकखाले प्रतिगामी षड्यन्त्र चिर्न आन्दोलनरत दलहरुविच एकताको कुनै विकल्प नरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे र प्रहरी नायव उपरिक्षक अरुण पौडेलले संक्रमणकालको फाईदा उठाएर अपराधीहरुले फाईदा उठाउन सक्ने भन्दै जिल्लामा शान्ती सुरक्षा र अमनचयन कायम राख्न कुनै कसर वाँकी नराख्ने बताए । स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेलले संविधान निर्माण सँगै स्थानीय निकायको निर्वाचन गर्न सरकार सँग माग गरे ।
एकिकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्का उज्ज्वलले दिगो शान्तीका लागी सामाजिक विभेदको अन्त्य गरीनुपर्ने वताउदै जेष्ठ १४ भित्रमै नयाँ संविधान जारी हुने दावी गरे ।
नेपाली कांग्रेंसका जिल्ला सचिव लोकेन्द्र वि क ले शान्ती र संविधान निर्माणका लागी सवै दलहरु एउटै टेवुलमा बसेर निष्कर्ष निकाल्नुपर्ने बताए ।
नेकपा एमालेका जिल्ला अध्यक्ष रामजी प्रशाद घिमिरेले शान्ती प्रकि्रया पुरा गरी जेष्ठ १४ भित्र संविधान जारी गर्न नसके मुलुक राजनीतिक दलको कावुभित्र रहन नसक्ने बताउँदै देशलाई कहाँ पुर्याउने भन्ने जिम्मा दलहरुसामु खडा भएको बताए ।
राष्ट्रीय जनमोर्चाका बाबुराम पन्थी र नेकपा एकिकृत क्रान्तिकारीका जिल्ला सचिव डिलाराम पाण्डेले ठुला दलहरु वीचको खिचातानीका कारण शान्ती र संविधान निर्माण प्रकि्रया आझेलमा परेको बताए ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थिको अध्यक्षता र सचिव प्रेमनारायण आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा सामुदायीक रेडियो अर्घाखाँचीका उपाध्यक्ष जनार्दन खनाल उद्योग वाणीज्य संघका अध्यक्ष कृष्ण प्रशाद श्रेष्ठ पत्रकार महासंघका पुर्व अध्यक्ष निम वहादुर रिजाल र पत्रकार महासंघका उपाध्यक्ष हिम वहादुर जि.सि लेकाली ले नयाँ संविधानमा प्रेश स्वतन्त्रताको ग्यारेन्टि गरीनुपर्ने बताउँदै गणतन्त्रको स्थापनाको लागी महत्वपुर्ण भुमिका खेलेको संचार जगतले शान्तीसंविधान निर्माण र गणतन्त्रको सुदृढीकरणको लागी योगदान पुर्याउनुपर्ने बताए ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.