स्पेनमा सरकारको श्रम कानुन सुधार योजनाको विरोधमा श्रम संगठनहरुले आमहड्ताल गरेका छन् । आमहड्तालबाट मुलुकभर जनजीवन प्रभावित भएको छ । सरकारले श्रम कानुनको सुधारले वेरोजगारी कम गर्ने जनाउदै खर्च कटौतिको योजना सार्वजनिक गर्दैछ ।
स्पेनका दई ठूला श्रम सगठनहरुले नयाँकानुनले कम्पनीहरुलाई कामदार कटौति गर्न सजिलो हुने भन्दै विरोध जनाएका हुन् । तर सरकारले भने नयाँ सुधार योजनाले व्यापारिक क्षेत्र र कामदारहरुलाई बढी सहजता प्रदान गर्ने दाबी गरेको छ ।
युरोपियन युनियनसंग आवद्ध मुलुकहरु मध्ये सबैभन्दा वढी बेरोजगारी दर भएको स्पेन अहिले बजेट घाटा कम गर्नु पर्ने दबाबमा छ ।