उत्तर कोरियाले प्रक्षेपण गरेको रकेट आफ्नो देशमाथि परे त्यसलाई खसाली दिने चेतावनी जापानले दिएको छ । जापानका रक्षामन्त्री नायोकी तानाकाले उत्तर कोरियाको रकेट आफ्नो देशको सुरक्षा चुनौति बने त्यसलाई खसाल्ने तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।
जापानी रक्षामन्त्रीले आफ्ना देशका सुरक्षा निकायलाई रकेट ध्वस्त पार्ने ब्यालेष्टिक मिसाईल तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ । उहाले रकेट खसाल्ने तयारीका लासिग मन्त्रिपरिषदबाट स्वीकृतिसमेत लिईसकेको जनाएका छन् । उत्तर कोरियाको रकेट प्रक्षेपण योजनाप्रति दक्षिण कोरिया र अमेरिकापनि निकै सशंकित छन् ।
उत्तर कोरियाले भने शान्तिपूर्ण प्रयोगको लागि अप्रिलको दोस्रोतिर पुथ्वीको कक्षमा भुउपग्रह स्थापना गर्न रकेम प्रक्षेपण गर्ने जनाएको छ । उत्तर कोरियाले नेता किम ईल सुङको सयौं जन्म जयन्तीको अवसरमा पृथ्वीको कक्षमा भुउपग्रह स्थापना गरेरै छाड्ने अडान दोहो