ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका पाँच मुलुक सम्मिलित ब्रिक्स सम्मेलनद्धारा विश्व बैंकको वैकल्पिक बैंक स्थापना गर्नुपर्ने प्रस्ताव

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका पाँच मुलुक सम्मिलित ब्रिक्स सम्मेलनले विश्व बैंकको वैकल्पिक बैंक स्थापना गर्नुपर्ने प्रस्ताव गरेको छ ।

 

नयाँदिल्लीमा हिजो एक दिने सम्मेलनमा डलरले कायम गरेको विश्वव्यापी प्रभुत्वलाई तोड्न आफ्नै मुद्रा प्रचलनमा ल्याउने सहमति ती राष्ट्रले गरेका हुन् । बैठकपछि जारी दिल्ली घोषणा पत्रमा सिरिया र इरान समस्या समाधान वार्ताबाटै गर्न सुझाइएको छ । युरोपेली र अमेरिकी शक्तिको हाराहारीमा आफ्नो समूहलाई स्थापित गर्ने उद्देश्यले गठित ब्रिक्सले पश्चिम क्षेत्रका दुई देश अमेरिका र बेलायतले विश्वमाथि साम्राज्य कायम गरिहेका बेला शक्ति सन्तुलन कायम गर्न चौथो ब्रिक्स सम्मेलन गरेको हो । विश्वको २८ प्रतिशत अर्थव्यवस्था ओगट्ने यी मुलुकले एकआपसमा हुने सहज व्यापारिक कारोबारबारे पनि छलफल गरे ।

 

सम्मेलनपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले ब्रिक्समा आबद्ध देशहरु साउथ