परमाणु कार्यक्रममा कटौती नगरेको भन्दै अमेरिकाले ईरानमाथि तेल निर्यातमा थप प्रतिबन्ध लगाएको छ ।
यसको प्रत्यक्ष मारमा भारत, दक्षिण कोरिया, चीन, टर्की र दक्षिण अफ्रिका पर्ने भएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले यी राष्ट्रहरुमा पर्न गएको असरप्रति क्षमायाचना गर्दै विश्व बजारमा तेल पर्याप्त भएकाले ईरानसँग कारोबार नगर्न पनि सुझाव दिनुभयो । ईरानबाट तेल निर्यात गर्ने राष्ट्रमा चीन अग्रस्थानमा छ भने जापान दोश्रो राष्ट्र हो ।
भारतले बर्षेनी १६ प्रतिशत तेल ईरानबाट ल्याउने गर्छ ।
यसैबीच टर्कीले ईरानसँगको तेल निर्यातमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । ईरानी परमाणु कार्यक्रम नाजायज भन्दै अमेरिकालगायत पश्चिमा मुलुकले विरोध गर्दै ईरानमाथि प्रतिबन्ध लगाएका छन् ।