न्युयोर्क – विश्वमा अहिलेसम्मकै सबैभन्दा ठूलो नगद इनाम भएको चिठ्ठा अमेरिकामा खुलेको छ। यसको रकम ६४ करोड डलर भएको बताइएको छ।
सर्वाधिक नगद इनाम भएको यस चिठ्ठालाई एटलान्टामा निकालिएको थियो। यस अघि जितेको भनिएको नम्बरको चिठ्ठा कसैसँग नभएका कारण इनामको रकम बढ्दै गएको चिठ्ठाका अधिकारीले बताएका थिए।
अहिले इनाम जितेको नम्बरको चिठ्ठा भने मेरील्यान्डमा खरिद गरिएको बताइएको छ। चिठ्ठाको एकभन्दा बढी विजेता हुन सक्ने पनि बताइएको छ। – एजेन्सी