सिरियाको राजनीतिक अवस्थाबारे छलफल गर्न अरब मुलुकसहित ७० राष्ट्रका बिदेश मन्त्रीहरुको बैठक टर्कीमा

सिरियाको राजनीतिक अवस्थाबारे छलफल गर्न अरब मुलुकसहित ७० राष्ट्रका बिदेश मन्त्रीहरुको बैठक टर्कीमा जारी छ । बैठकमा सिरियाली सरकारले सर्वसाधरणमाथि गरेको ज्यादती रोक्ने बिषयमा छलफल भइरहेको वताइएको छ ।

 

टर्कीको राजधानी इस्तानबुलमा जारी बैठकलाई सम्बोधन गर्दै अमेरिकी बिदेशमन्त्री हिलरी क्लिन्टनले सिरियाली जनतामाथि भइरहेको ज्यादतीप्रति खेद ब्यक्त गर्दै राष्ट्रपतिले बसार अल असादले तत्काल पद त्याग्नुपर्नेमा जोड दिनुभयो ।

 

क्लिन्टनको भनाईको समर्थन गर्दै अन्य राष्ट्रका प्रतिनिधीहरुले पनि सिरियमा मानवअधिकार हननका घटनाले सीमा नाघेको भन्दै हिंसा नियन्त्रणका लागि राष्ट्रपति असादको राजीनामा एक मात्र बिकल्प भएको धारणा राखेका थिए ।

 

शान्ति प्रस्तावका लागि संयुक्त राष्ट्रसंघलाई अनुमती दिएपनि राष्ट्रपति असादले सर्वसाधारणमाथि कुनै ज्यादती नगरेको दाबी गर्दै राष्ट्रपति पद नत्याग्ने अडान राखेका छन् ।

 

 सिरियामा सरकार बिरोधी प्रदर्शनका क्रममा सर्वसाधारण मारिने क्रम अझै जारी छ । सरकार विरोधी प्रदर्शनका क्रममा सिरियामा हालसम्म नौ हजारको मृत्यु भइसकेको मानवअधिकारवादी संगठनहरुले जनाएका छन् ।