काठमाडौं २० चैत बर्मामा भएको उपनिर्वाचनामा प्रजातन्त्रवादी नेतृ आङ सान सुकी विजयी भएकी छिन । आइतबार भएको निर्वाचनमा सुकी विजयी भएको उनको दल नेसनल लिग फर डेमोक्रेसीले दाबी गरेको अन्तर्रारिष्ट्रय समाचार संस्थाहरुले जनाएका छन् ।
लिगले सन् १९९० पछि पहिलो पटक निर्वाचनमा भाग लिएको हो । ४५ सिटका लागि भएको निर्वाचनमा ४४ सिट आफ्नो दल लिग विजयी भएको सो पार्टीको दाबी छ ।
निर्वाचनको परिणामले सेनाका समर्थन प्राप्त दलको संसदमा रहेको आधिपत्यलाई चुनौती दिन नसक्ने भए पनि त्यसलाई बर्माका जारी राजनीतिक सुधारको महत्वपूर्ण परीक्षाको रुपमा लिइएको अधिकारीहरुको भनाइ छ ।
जितपछि उनका समर्थकहरुले खुसियाली मनाइरहेको बताइएको छ ।