म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी हिजो सम्पन्न उपनिर्वाचनजमा अत्यधिक मतका साथ विजयी भएको उनको दल नेसनल लिग फर डेमोक्रेसी, एनएलडीले दावी गरेको छ ।
औपचारिक मत परिणाम आउन भने एक साता लाग्ने अनुमान गरिएको छ । सुकीका हजारौं समर्थक राजधानी यंगुनस्थित एनलएलडीको मुख्यालय बाहिर भेला भएर खुसियाली मनाइरहेका छन् ।
२२ वर्षयता अधिकांश समय नजरबन्दमा बिताएकी सुकीको यस ऐतिहासिक जितले औपचारिकता पाएपछि उनको इतिहासले कोल्टे फेर्ने विश्वास गरिएको छ । एनएलडीका अधिकारीका अनुसार सुकीले कवामु चुनाव क्षेत्रको ९९ प्रतिशत मत पाएकी छिन् ।
आफ्नो पार्टीले भाग लिएका ४४ वटै स्थानको निर्वाचनमा विजय हासिल गरेको दाबी एनएलडीले गरेको छ । ४५ सिटका सिटका लागि प्रतिस्पर्धा भएको थियो । तर यस जितले संसद्मा भारी बहुमत रहेको सैन्य समर्थित सरकारलाई भने चुनौती दिन भने पर्याप्त हुने छैन ।
म्यान्मारको अर्ध