दुलही पक्ष र जन्ती आएकाबीच भएको झगडाले तीन साता बित्दा पनि दुलही नभित्र्याएपछि परिवार भने अहिले अन्यौलमा परेका छन् ।
सुनसरीको पकली गाविसस्थित तीनचोरीयाकी आरती चौधरीको फागुन २८ गते सुनसरी मधेशाका राकेश चौधरीसँग मागी विवाह भएको थियो ।
विवाह समारोह चलिरहँदा बेहुलीका भाई पर्ने आसुतोष चौधरीले राकेशका भाई लक्ष्मीसुमन चौधरी र सन्जु चौधरीलाई आक्रमण गरेपछि आफन्तकै दबाबमा राकेश बेहुली नलिई घर फर्केका थिए । घाइते दुबै उपचारपछि घर फर्किसकेका छन् । तर पनि आरतीलाई घरमा भित्र्याउँनेबारे राकेशसहित उनको परिवारले कुनै निर्णय नदिएपछि आरतीको परिवार अन्यौलमा परेको हो ।
आरतीले जनता कलेज इटहरीबाट स्नातक गरेकी छिन् । राकेश पक्षले विवाहमा दिएको दाइजो समेत लगेका छैनन् । आरतीको परिवारले पनि जग्गेदेखि विवाहको लागि सिंगारिएको घर जस्ताको तस्तै राखेका छन् ।