रुसमा भारी बर्षापछि भएको हिमपातका कारण जनजीवन कष्टकर

रुसमा भारी बर्षापछि भएको हिमपातका कारण जनजीवन प्रभावित


रुसमा भारी बर्षापछि भएको हिमपातका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ ।

 

पूर्वी रुसको कामचत्का शहर हिमपातबाट सवैभन्दा प्रभावित बनेको छ । यस शहरमा पार्किङमा राखिएका गाडीहरु हिउँमा पुरिएका छन् ।

 

हिमपात कारण हवाइ उडानहरु समेत रद्द भएका छन् भने अधिकांश बिद्यालय बन्द भएका छन् । सडक यातायात बन्द हुनुका साथै रेलवे सेवा समेत अवरुद्ध बनेको छ ।

हिमपात अझ केही दिनसम्म जारी रहने मौसमबिद्हरुले जनाएका छन् ।