६ हजार नहुँदा बालिका मृत्यु शैयामा छटपटाउँदै (अर्घाखाँची Exclusive)

– वीरेन्द्र केसी


सन्धिखर्क, अर्घाखाँची – भीरबाट लडेर गंभिर घाईते भएकी एक बालिका अस्पतालको बेडमा छटपटाईरहेकी छिन । डोजरले मोटरबाटो खनेको हेर्न दौडेर जाँदै गर्दा डरलाग्दो भीर सहितको छाँगोबाट खसेर गंभिर घाईते भएकी प्युठान बांगे गाविसकी ६ वर्षीय बालिका विमला पुन १२ दिन देखी जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु शैयामा छटपटाईरहेकी छिन ।

 


वेडमा रहेकी विमला पुन ।

 

गरिब परिवारमा जन्मिएकी उनलाई घर परिवारले पैसा नहँदा उपचार गराउन सकेको छैन । छोरी १२ दिन देखी बेहोस अवस्थामै छिनु वुवा चन्द्र बहादुरले भने छोरी भीरबाट लडे देखि अहिलेसम्म होस आएन दुई दिनसम्म गाउँभरी ऋण खोज्दा  १५ सय रुपैयाँ जुटाएर जनतन जिल्ला अस्पतालमा ल्याएर चेक गराए । टाउँकाको भित्री भागमा गंभिर असर परेको भन्दै डाक्टरले यहाँ उपचार गर्न सकिदैन छोरीलाई तुरुन्तै भैरहवा लैजान भनेपछि म अल्लनमल्लमा परेको बताउँदै मेरो साथमा एक सय रुपैयाँ मात्र थियो भैरहवा पुर् याउन मात्रै ६ हजार रुपैयाँ लाग्ने भनेपछि म निकै चिन्तित भए । गरिबीका कारण अचेत अवस्थामा रहेकी छोरीको पीरले जीवनमा निकै दुःखी बनाएको गुनासो गरे । मेरो छोरीको उपचार गर्न लैजान ६ हजार पैसा कहाँबाट जुटाऔ अस्पतालमा भेटिएका सित माग्दा कसैले दिएननु उनले भने लैजान मात्रै ६ हजार खर्च लाग्ने भएपनि उपचार गर्दाखेरी खर्च कति लाग्ला भन्ने मलाई थाहा छैन । पहिलो दिनमै भैरहवा लैजान भनेपछि तल्काल खल्तीमा ६ हजार रुपैयाँ नहुँदा अस्पतालकै बेडमा पल्टिरहेकी विमला १२ दिनसम्म उनी होसमा आउने र जाने गछिन ।

 


गंभिर घाईते भई अर्घाखाँची जिल्ला अस्पतालको १ नम्बर वेडमा रहेकी विमला पुनको स्वास्थ्य अवस्थाको बारेमा बुझदै अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्ले । साथमा उनका वुवा चन्द्र बहादुर र दिदि हेरचाह गर्दै ।


अर्घाखाँचीको गोखुङा गाविसको विडडाँडा देखी प्युठानको वांगे गाविससम्म जोडने मोटरबाटो डोजरले खन्दै गरेको हेर्न गाउँका साथीहरुसँगै दौडदै जाँदा घर नजिकैको डरलाग्दो भीरको छाँगोबाट खस्न पुगिन । छाँगोबाट करिब ३ सय मिटर तल खसेपछि अहिलेसम्म उनी बेहोस छिन । डाक्टरले विमलाको टाउँको भित्र गंभिर असर पुगेको छ यहाँ उपचार हुन सक्दैन भनेपछि पैसा भएनु उनले भने अहिले पनि छोरी मृत्यु शैयामा छिन । छोरीको उपचार खर्च कसैले दिए मेरो लागि भगवान आए जस्तै हुने आशामा बुवा चन्द्र बहादुर छन । ५ छोराछोरी मध्ये विमला उनकी कान्छी छोरी हुन । गरिबीका कारण उनी मृत्यु शैयामा छटपटाईरहेकी विमलालाई अस्पतालको वेडको छेउमै कुरेर बसेका उनले भने ुगरिब भएपछि उपचार नपाएर जीउदै मरिदो रहेछ भन्थे साच्चै रैछ । उनलाई आफनो जग्गा कति छ भन्ने समेत थाहा छैन । मेरो जग्गा कति रोपनी छ मलाई थाहा छैन ६ माना मकैको बीउ लाग्छ भन्ने मात्र थाहा छु उनले भने ७ जनाको परिवारको लागि ३ महिनालाई मात्र खान पुग्छ । अरु महिना गाउँमा काम गरेर पेट पालेको बताए । विहान बेलुका छाक टार्नको लागि खर्च जुटाउँदा हालसम्म ९० हजार रुपैयाँ ऋण लागेको छ मेरो जीवनमा त्यति पैसा कमाउन सक्छु जस्तो लाग्दैनु उनले भने म पनि रोगी छु । अल्गो डाँडोमा खरले छाएको सानो झुपडीमा बस्दै आएका छन ।  २१ वर्षको उमेरमा भारतमा नोकरी गर्दा जन्डिस भयो काम गर्न नसक्ने भएपछि मालिकले घर पठाईदियो राम्ररी उपचार गर्न सकिन त्यो रोगले अहिलेसम्म सताएको छ राम्ररी काम गर्न सक्दिन एक पैसा छैनु उनले दुःख देखाउँदै भने छोरीलाई कसरी उपचार गरु । जिल्ला अस्पताल सन्धिखर्कको वेडमा पल्टिरहेकी विमलाको केही सुधार आएजस्तो आभास भएपनि १२ दिनसम्म खासै सुधार नभएको चिकित्सको भनाई छ । तत्काल निको भएजस्तो भएपनि बाहिर नलगिएमा पछि असर नराम्रो हुने अस्पतालले जनाएको छ ।

यहाँ उपचार गर्न नसक्ने विरामीलाई राखिराख्दा अप्ठयारो भएको अस्पतालले जनाएको छ । टाउकोमा गंभिर चोट लागेकाले सिटीस्क्यान गनुपर्छ जुन यहाँ संभव छैनु  जिल्ला अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्लेले भने सामान्य नदुख्ने औषधि मात्र खुवाएका छौ पैसा छैन भनेर लैजान मानेनन के गर्ने विमलालाई आजसम्म भगवानले बचाईदिएका छन भोली के हुने हो भन्न सकिदैन । टाउको भित्र दिमागमा गंभिर असर परेकाले १ देखि २ लाख रुपैयाँ खर्च लाग्न सक्ने डा. वाग्लेले बताए ।  आर्थिक अभाव देखाएपछि अस्पतालले औषधी लगायतका सबै खर्च निशुल्क दिएको छ ।


विमला पुनको उपचारको लागि अर्घाखाँची डटकमले आर्थिक संकलन गरि उपचारमा सहयोग पुयाउने भएकाले सहयोग गर्न चाहनुहुने देश विदेशमा रहनुभएका महानुभावहरुले अर्घाखाँची डटकमको खाना नं.मा आफुसक्दो रकम सहयोग गरिदिएमा भविश्यको कर्णधारको रुपमा रहेकी ती बालिकाको उपचारमा ठुलो सहयोग पुग्ने थियो । आर्थिक सहयोग गर्नेहरुको अर्घाखाँची डटकममा नाम ठेगाना प्रकाशित गरिनेछ । संकलित रकम एक कार्यक्रमका बीच विरामीको वुवाको हातमा दिईनेछ ।






अर्घाखाँची डटकमको खाता नं- ०१५०००००२६०६  (015000002606)

IME Finacial Institutions LTD, Sandhikharka Branch, Arghakhanchi, Nepal


A/C NO.  015000002606


Arghakhanchi.com Online/Weekly

 

साथै बाहिरबाट आपत्कालिन सहयोग पठाउनको लागि निम्न नाम विवरणमा पठाउन सकिनेछ :-

 

Mehar Singh K.C  वा  Birendra KC

Arghakhanchi.com Online/Weekly

 

कृपया सहयोग पठाइसके पछी info@sandhikharka.com, arghakhanchiweekly@sandhikharka.com मा ईमेल गरी जानकारी गराउनुहुन अनुरोध गरिन्छ।