अर्घाखाँची डटकमको समाचार प्रभाव: भीरबाट खसेकी बालिका विमला पुनलाई सहयोग जुटनेक्रम जारी

– वीरेन्द्र केसी

 
सन्धिखर्क, अर्घाखाँची – भीरको छाँगोबाट खसेर गंभिर घाईते भएकी प्युठानकी विमला पुनको उपचारको लागि आर्थिक सहयोग गर्ने दाताहरुको संख्या बढदै गएको छ ।

 


प्रवासी नेपालीहरुले पठाईदिएको रकम पुनलाई अस्पतालको वेडमै दिदै अर्घाखाँची डटकम प्रमुख मेहर सिंह केसी साथमा अस्पतालका डा. मुनिष शर्मा र पत्रकार प्रेमनारयण आचार्य ।


अर्घाखाँची जिल्ला अस्पतालमा उपचार नभएपछि भैरहवा लैजान ६ हजार रुपैयाँ खर्च नहुँदा बेहोस अवस्थामा रहेकी बालिका अस्पतालमा छटपटाईरहेकी थिईन । अति गरिब परिवार भएकाले उनका बुवाले छेारीको उपचार गर्न लैजान ६ हजार रुपैयाँ समेत थिएन । यस सम्बन्धित शुक्रवार अर्घाखाँची डटकमले समाचार अपडेट गरेपछि आर्थिक सहयोग जुटेको हो । देश तथा विदेशमा रहनुभएका प्रवासी नेपालीहरुले फोन सम्पर्क गरेर विमलाका बुवा चन्द्र बहादुरलाई आर्थिक सहयोग गरेका छन । विदेशबाट पठाएको पैसा बैंक मार्फत चन्द्र बहादुरको हातमा पुयाईदिन डटकमले सहयोग गरेको छ ।

 


 अमेरिकामा रहेका नारायण भुसालले पठाएको ५ हजार २ सय ४४ रुपैयाँ डटकम प्रमुख मेहर सिंह केसीलाई दिदै उनकी आमा उमादेवी । उक्त रकम केसीले अस्पतालमै गएर पुनलाई आजै हस्तान्तरण गर्नुभएको छ ।


आईतवार दिउसोसम्म २२ हजार रुपैयाँ भन्दा बढी संकलन भएको रकम पुनलाई हस्तान्तरण भएको छ । आईतवार आर्थिक सहयोग गर्नेमा बेलायतको लण्डनमा रहेका अर्घाखाँची खन गाविसका विपी खनालले अर्घाखाँची जिल्ला अस्पतालमा कार्यरत आफनी दिदी रुपा भुसाल मार्फत १० हजार अमेरिकामा कार्यरत सन्धिखर्क हललाईनका नारायण भुसालले आफनी आमा उमादेवी मार्फत ५ हजार २ सय ४४ रुपैयाँ अर्घाखाँची डटकमका प्रमुख मेहर सिंह केसी मार्फत आजै पुनलाई हस्तान्तरण गरिएको छ ।

 


            लण्डनमा रहेका भाई् वीपीले पठाएको १० हजार दिदी रुपा भुसालले पुनलाई दिदै साथमा अस्पतालका डा. मुनिष शर्मा डटकम प्रमुख केसी लगायत ।

 

यस अघि शनिवार सन्धिखर्कका स्थानीय युवा मदन भुसालले ५ हजार रुपैयाँ अर्घाखाँची कतार सेवा समाजको तर्फबाट सन्धिखर्क भक्तिटोलाकी रिता श्रेष्ठले २ हजार सहयोग गरेका छन । भुसालले अस्पतालमा गएका विमलाका वुवा चन्द्र बहादुरको हातमा र श्रेष्ठले अर्घाखाँची डटकमको कार्यालयमा आएर दिईन । उक्त रकम डटकमले चन्द्र बहादुरलाई हस्तान्तरण गरिसकेको छ । बालिकाको स्वास्थ्यमा सुधार आएको छ । रकम जम्मा भएपछि भैरहवा लैजाने तयारी भएको छ ।

 

अन्य सहयोग दाताका सम्पर्कमा आएमा पुन नाम प्रकाशित गरिनेछ ।






 

सहयोग कहाँ, कसरी पठाउने ?

 



अर्घाखाँची डटकमको खाता नं- ०१५०००००२६०६ (015000002606)
IME Finacial Institutions LTD, Sandhikharka Branch, Arghakhanchi, Nepal

A/C NO. 015000002606

Arghakhanchi.com Online/Weekly

– साथै बाहिरबाट आपत्कालिन सहयोग पठाउनको लागि निम्न नाम विवरणमा पठाउन सकिनेछ :-
Mehar Singh K.C वा Birendra KC

Sandhikharka, Arghakhanchi
Arghakhanchi.com Online/Weekly

Tele:- +977 7740785 / 9847110773 / 9857061416 / 9841294240 / 9747040405 / 9847107161


– कृपया सहयोग पठाइसके पछी आफ्नो सम्पूर्ण नाम, देश – ठेगानाको विवरण info@sandhikharka.com, arghakhanchiweekly@sandhikharka.com मा ईमेल गरी जानकारी गराउनुहुन अनुरोध गरिन्छ।



वेडमा बेहोस अवस्थामै रहेकी विमला पुन ।

 











अन्य समाचारहरु