पाकिस्तानको भारतसंग सीमा जोडिएको विवादित कश्मिरी क्षेत्रको हिउंपहिरोमा पुरिएका १३५ भन्दा बढीको मृत्यु

पाकिस्तानको भारतसंग सीमा जोडिएको विवादित कश्मिरी क्षेत्र सियाचेनको हिउंपहिरोमा पुरिएका १ सय ३५ भन्दा बढीको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता जनरल अथर अब्बासले गायरी जिल्ला नै हिमपहिरोको चपेटमा परि पछि १ सय २४ पाकिस्तानी सेना र ११ सर्वसाधरणको मृत्यु भएको बताउनु भयो ।


काराकोरम पहाडि क्षेत्रको सियाचेन हिमताल नजिक पाकिस्तानी सैनिकको क्याम्प हिउं पहिरोमा परेको थियो । उद्धारका लागि सयौ सेना, हेलिकप्टर र तालिमप्राप्त कुकुरहरु प्रयोग गरिएका थिए । कास्मिरको सियाचेन हिमताल क्षेत्र भारत र पाकिस्तानवीचको विवादास्पद क्षेत्र हो ।

 

२२ हजार फिट उचाईमा रहेको यो ठाउंमा दुबै देशले आफ्नो स्वामित्व दावी गर्दै ठूलो संख्यामा सशस्त्र फौज तैनाथ गर्दै आएका छन् । यहा युद्धले भन्दा पनि चिसोका कारण धेरै सैनिकको ज्यान जाने गरेको छ । यो क्षेत्रलाई सन् १९४७ मा भारत पाकिस्तान विभिजित हुंदा दुबै तर्फ बाडिएको थियो ।