वेबसाइट ह्याकर्सद्धारा वेलायती सरकारको गृह विभागको वेबसाइटमा हमला

लण्डन – वेबसाइट ह्याकर्सले वेलायती सरकारको गृह विभागको वेबसाइटमा हमला गरेका छन्। अधिकारीहरूका अनुसार शनिबार राती केही बेर यस वेबसाइट बन्द भएको थियो। त्यसपछि पनि यसले आनसिक रुपमा मात्र काम गरिरहेको बताइएको छ।

आफूलाई यूके एनोनिमसल भन्ने समूहले ह्याकिङ गरेको दावी गरेको छ। उक्त समूहले गेरी म्याक्किन्न जस्ता वेलायती नागरिक विरुद्ध भएको कार्यवाहीको विरोधमा वेबसाइटमा हमला गरेको बताएको छ।

गेरी म्याक्किन्न स्वयं एक ह्याकर हुन। उनले अमेरिकी पत्यर्पण विरुद्ध लड्दै आएका छन्। – एजेन्सी