यमनको दक्षिणी प्रान्तको सेना पोष्टमा अल कायदा लडाकुद्धारा आक्रमण, कम्तिमा चार जना यमनी सेनाको मृत्‍यु


यमनको दक्षिणी अब्यान प्रान्तको लावडरस्थित सेनाको एक पोष्टमा अल कायदा लडाकुले गरेको आक्रमणमा कम्तिमा चार जना यमनी सेना मारिएका छन् ।

 

अन्सर अल शारिय नामक संगठनका सदस्यले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । स्थानिय आदिवासी नेताहरुका अनुसार करिब तिन घण्टा सम्म चलेको आक्रमणमा दश जना लडाकु पनि मारिएका छन् ।

 

दक्षिणी र पूर्वी यमनका विभिन्न क्षेत्रमा गरिएको हवाई आक्रमणमा २४ जना संदिग्ध अल कायदा लडाकु मारिएको एक हप्तापछि लडाकुका तर्फबाट यो आक्रमण भएको हो ।

 

इस्लामिक लडाकुहरुले गत वर्षदेखि नै अब्यानमा नियन्त्रण जमाउने प्रयास गरिरहेका छन् ।