अफगानिस्तानमा गराइएको आत्मघाती विस्फोटमा २० जना मारिएका छन् ।
पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा रहेको सरकारी कार्यालयलाई निशाना बनाई गराइएको बिस्फोटका कारण सरकारी कार्यालय नजिक रहेका भवन र गाडीमा क्षति पुगेको छ ।
कार्यालय समयमा बिस्फोटक पदार्थले भरिएको कार कार्यालयमा प्रवेश गरेलगत्तै विस्फोट गराइएको थियो । मारिनेमा सोही कार्यालयका कर्मचारीलगायत सुरक्षागार्ड छन् ।