सिरियामा सरकार र विद्राही बीचको विवाद बढ्दै जाँदा युद्धविराम योजना धरापमा


 

सिरियामा युद्धविरामको समयसीमा शुरु हुनै लाग्दा सरकार र विद्राहीबीचको विवाद झनै बढ्दै गएको छ ।

 

यसले युद्धविराम योजना नै धरापमा परेको छ ।

 

मुलुकका विभिन्न क्षेत्रबाट सेना फिर्ता गर्नु अघि विपक्षीले हतियार त्याग्ने लिखित प्रत्याभूति सिरिया सरकारले खोजेपछि विद्रोहीले त्यसलाई अश्वीकार गरिदिएको छ । बरु हिंसा तीब्र बनेको छ ।

 

सरकारी सेनाले टर्कीको सीमामा ७० जना मानिस मारेको अधिकारकर्मीहरुले बताएका छन् ।

 

संयुक्त राष्ट्रसंघ र अरब लीगको छ बुँदे शान्ति योजनामा सिरियामा अप्रिल १० सम्म सबै पक्षबाट हिंसा रोक्ने र १२ अप्रिलबाट पूर्ण युद्धविराम लागु गर्ने उल्लेख छ ।

 

राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको मध्यस्थतामा तयार पारिएको शान्ति सम्झौताका लागि राष्ट्रपति असाद सहमत भएका थिए ।

सिरियामा एक वर्ष यता राष्ट्रपति असादको शासन विरुद्धको प्रदर्शनमा ९ हजारभन्दा बढी मानिस मारिइसकेका छन् ।