अर्घाखाँचीका चुरे क्षेत्रमा सयौ हरिया रुख फाँडिए, ५ कर्मचारी निलम्बित


काटिए रुख- अर्घाखाँचीको सिमलपानी गाविसको कल्लेरी पौवा महिला सामुदायिक वनमा वनका पदाधिकारी कर्मचारी र तस्करको मिलेमतोमा २ सय ५० भन्दा बढी साल सिसौ असना लगायतका रुखहरु काटिएको अवस्थामा । ठुला रुखहरु वन कार्यालयको अनुमति विना चुरे क्षेत्र अन्तरगतका रुखहरु धमाधम फाँडिएका छन । महिला मात्रै पदाधिकारी रहेको वनमा यति धेरै संख्यामा रुखहरु काटिएको पहिलो पटक हो ।

 

– अर्घाखाँची ब्युरो


अर्घाखाँची – राष्ट्रपति चुरे संरक्षित क्षेत्रमा लाखौ मुल्य बराबरका सयौ हरिया रुखहरु फाँडिएका छन । वनका पदाधिकारी त्यस क्षेत्रका वनका कर्मचारी र तस्करको मिलेमतोमा अनकन्टर झाडी जंगल भित्र ठुला-ठुला सालका रुखहरु वनै रित्तिने गरि फाँडानी भएको छ ।

 

अर्घाखाँचीको सिमलपानी वडा नं. ८ र ९ मा पर्ने कल्लेरी पौवा महिला सामुदायिक वनका पदाधिकारी वन कर्मचारी र तस्करको मिलोमतोमा २ सय ५० भन्दा  बढी सालका रुखहरु काटिएका छन् । काटिएका सबै रुख काँचो र हरियै रहेको छ । वन क्षेत्रको करिब ४ किलोमिटर भित्रमा रुखहरु काटिएका छन । त्यस क्षेत्र भित्र वन नांगै हुन पुगेको छ ।  जिल्ला र त्यस क्षेत्रका कर्मचारी वन फँडानी भएको गुनासो आएपछि वन विभागले निरीक्षण गर्न निर्देशन दिएको छ । त्यस क्षेत्र हेर्ने ईलाका वन कार्यालय ठाडाको टोलीले शनिवार वनका अध्यक्ष राधा पंथी र सचिव सरस्वती भटराईलाई पक्राउ गरेको छ ।


कपिलवस्तुको भलबार्ड गाविस-८ स्थित ग्राभेटी खानेपानी मुहानको सरसफाइ गर्न गएका बेला उपभोक्ताहरुले धेरै रुखहरु काटेर लगेको देखेपछि सार्वजनिक भएको हो । तस्करहरुले एक साता देखि एकै ठाउँका रुखहरु मेलैसित फाँडेका छन । अर्घाखाँचीको कल्लेरीमा रहेको मुहानबाट कपिलवस्तुमा खानेपानी लगिएको छ । कपिलवस्तुको भलबार्डबाट ३ घण्टा हिडेर उक्त ठाउँमा पुगिन्छ ।

 


 

अबैध रुख कटानको कुरा बाहिर आए पछि वन विभागका क्षेत्रीय निर्देशक डा. राजन पोखरेलको निर्देशनमा ईलाका वन कार्यालय पिपरा कपिलवस्तुका वन अधिकृत बोधराज सुबेदीको नेतृत्बमा एक टोली शुक्रबार त्यहाँ पुगेर फर्केको छ । सरसर्ती हर्दा दिनभरीमा २ सय ५० बढी रुख काटिएका देख्यौ तर त्यो भन्दा बढी रुख त्यहा काटिएको अधिकृत सुबेदीले बताए ।  सयौ रुखहरु फाँडिएको छ ती सबैमा रुखको फेदमा केमिकलको प्रयोग गरी डढेको जस्तो देखाईएको उनले बताए । त्यस्तै कतिपय रुखको जरा आगो लगाएर डढाईएको छ । कटान भएको क्षेत्रमा अनुगमन गर्न पुगेको वन अधिकारीहरुको टोलीले करिब २ हजार देखि २ हजार ५ सय क्युफुट सम्म सालको काठ काटिएको अनुमान गरेको छ । भौगोलिक हिसाबले अति विकट भएकाले त्यहाँ धेरै रुखहरु काटिएको हुनसक्ने टोलीले अनुमान गरेको छ । 

 
सामुदायिक बनको एउटा पाखामा घुमियो बन सखाप भएको छ अमृते सामुदायिक वन भलवाड कपिलवस्तुका अध्यक्ष हरि बहादुर खनालले भने अर्को पाखामा पनि डाडा भरी सालका गुलिया काटेका छन् । राष्ट्रपति चुरे संरक्षित क्षेत्रमा रुख काटन सरकारले प्रतिबन्ध लगाएको छ ।

 
सामुदायिक वनले बन कार्यालयबाट सुकेको ढलापाडा १ सय २१ बटा रुखहरु काटन अनुमती लिएर सग्लो रुख काटेको बताईएको छ । अर्घाखाँचीका जिल्ला वन अधिकृत पाचलाल शाहले शनिवार अनुगमन गर्दा कर्मचारीले ७६ वटा ठुला साल र खयरका रुखहरु काटेको भेटिएको अरु खोजीकार्य भैरहेको बताए । वनका अध्यक्ष र सचिवलाई पक्राउ गरिएको छु उनले भने सबै पदाधिकारीलाई कार्यालयमा हाजिर हुन आग्रह गरिएको छ ।

 
 स्थानीय बासिन्दाले भने जिल्ला वन कार्यालयको हेलच्यक्राईका कारण एक महिना देखि लाखौ रुपैयाँ मुल्य पर्ने रुखहरु दिनदाहाडै फाडिएको दावी गरेका छन । त्यस क्षेत्र हेर्ने ईलाका वन कार्यालयका सहायक वन अधिृकत कोमलराज काफलेले ७६ वटा सालका रुखहरु ढालिएको अवस्थामा भेटिएको भौगोलिक विकटताले अन्य रुखहरु खोजीकार्य भैरहेको दावी गरे । वनका पदाधिकारीलाई कार्यालयमा आउन भनेका छौ उनले भने पहिला फकाईफुलाई बोलाउने पक्षमा छौ । उनले व्यापक वन फडानी भएको सुन्नमा आएको बताए ।

 

पाँच कर्मचारी निलम्बित


आफनो क्षेत्रमा व्यापक वन फडानी हुदा समेत जिम्मेवारी बहन गर्न नसकेको र संलग्नताको आशंकामा पाँच जना कर्मचारीलाई जिल्ला वन कार्यलय अर्घाखाँचीले निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा पावरा रेाजपोष्टका सहायक वन अधिकृत मेधराज लुईटेल फरेष्टर मिलनचन्द्र खनाल वन रक्षक गणपति भुसाल राम बहादुर खत्री र लालमणी खनाल रहेका छन । लुईटेललाई वन विभागमा सिफारिस गरिएको र चार जनालाई जिल्लाबाटै निलम्बन गरिएको जिल्ला वन अधिृकत पाचलाल शाहले बताए । उनीहरुलाई दुई महिनाको लागि निलम्बन गरिएको र थप अनुशन्धान भैरहेको उनले बताए ।

 




अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.