सोमालियाको बैडो शहरमा भएको बम विष्फोटमा १२ जना भन्दा बढी मारिएका छन् ।
मारिने धेरै जसो महिला र बालबालिका रहेको स्थानीय गभर्नरले जनाएका छन् ।
विष्फोटमा ३० भन्दा बढी गंभीर घाइते भएका छन् ।
शहरको व्यस्त बजारमा सानो झोला भित्र राखिएको बम सोमलियाली सेना त्यहांबाट निस्किएको केही समयमै विष्फोट गराइएको बताइएको छ ।
गत फेब्रुअरीमा इथिओपियन सेनाले इस्लामिक समुह अल सबावबाट बैडो क्षेत्र आफ्नो नियन्त्रणमा लिएपछि अल सबाबले गरेको यो अहिले सम्मकै ठूलो विष्फोट भएको बताईएको छ ।
विष्फोटको जिम्मेवारी पनि अल सबाबले नै लिएको छ ।