सन्धिखर्कमा साक्षात्कार, स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीद्धारा अब संविधान सभाको म्याद नथपिने दावी

– वीरेन्द्र केसी


सन्धिखर्क, अर्घाखाँची – स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीले अब संविधान सभाको म्याद नथपिने बताए । उनले शान्ति प्रकि्रयाका काम अन्तिम चरणमा पुगेको र जेठ १४ अघि नै संविधानका काम सम्पन्न भैसक्ने भएकाले अब म्याद नथपिने दावी गरे ।

 

रिपोर्टस क्लब नेपाल अर्घाखाँचीले विहीवार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले जेठ १४ भित्र जनताको संविधान जारी गर्न सरकार आन्तरिक रुपमा गृहकार्यमा लागेकाले जसरी पनि संविधान आउने ग्यारेन्टी गरे । शान्ति र संविधान भाँडनको लागि दरबारिया शक्ति र मोहन वैद्य समुहल लागेपछि काग्रेस एमाले लगायत अधिकाशं पाटी र ९९ प्रतिशत जनता शान्ति र संविधानको पक्षमा रहेकाले संविधान जारी हुने बताए । चैत २८ गते सेना समायोजन शान्ति प्रकि्रयाको ऐतिहासिक काम भएको छ उनले भने अब जेठ १४ गते अर्को ठुलो ऐतिहासिक काम संविधान घोषणा हुन्छ । 

 
माओवादी स्थायी समिति सदस्य समेह रहेका मन्त्री रायमाझीले मोहन वैद्य समुहले आफनै सरकारको विरोध गरेर बेमौसमीको बाजा बजाएको आरोप लगाए । ९९ प्रतिशत जनता शान्ति र संविधानको पक्षमा छन उनले भने यसको विरोधमा गए जनताबाट समाप्त भएर जान्छन । युद्धको धङधङी देखाएर धमिलो पानीमा माछा मार्नु जस्तै भएको बताउँदै युद्धमा जाने कुनै सम्भावना नभएको र सरकारमा जाँदा पद नपाएर विरोध गर्नुको कुनै तुक नभएको बताए युद्धको कुरा ६८ सालबाट फर्केर ०५२ सालतिर फर्कनु भएको दावी गरे  । उनले शान्ति र संविधानलाई सफल पार्नेहरु सित सहकार्य गर्ने र विरोध गर्नेहरु सित संघर्ष गरेर जाने बताए । उनले राजवादीहरुले अनेक बाहना गरेर राजा ज्ञानेन्द्रलाई ब्युताउन खोजेको आरोप लगाए । शान्ति र संविधानलाई भाँडेर राजालाई पुन स्थापित गर्न खोजेको छन रायमाझीले भने त्यसैलाई सहयोग गर्न मोहन वैद्य लगायत अन्य तत्वहरु लागि परेका छन ।


उनले संघीयता सहितको संविधान जारी हुने भन्दै जातीयतको आधारमा नभई पहिचान र सामाथ्र्यको आधारमा विभाजन हुने बताए ।  प्रदेश विभाजनमा दलहरु बीच सहमती कायम गरेर मात्र घोषणा गरिने बताए । मन्त्री रायमाझीले राष्ट तथा अन्तराष्टिय शक्तिहरु बाबुरामको नेतृत्वमा शान्ति र संविधान निर्माणका काम सम्पन्न भएको हेर्न चाहेकाले संविधान घोषणा भएरै छाडने बताए । जेठ १४ अघि संविधान जारी भएपछि चुनावी सरकार बन्ने बताए । उनले सहमती गरेर राष्टिय सहमतीको सरकार बनाउनेमा आन्तरिक तयारी भएको पनि बताए ।


साक्षात्कार कार्यक्रम वीरेन्द्र केसीको अध्यक्षता र गणेश खनालको संचालनमा सम्पन्न भएको थियो ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.