केही समयवीचमै रकेट समुन्द्र खसेर प्रक्षेपण योजना विफल भएको उत्तर कोरियाको स्वीकारोक्ति

 उत्तर कोरियाले ग-यो रकेट प्रक्षेपण


 


उत्तर कोरियाले भुउपग्रहसहित प्रक्षेपण गरेको रटेक पृथ्वीको कक्षमा स्थापित हुनै नपाई समुन्द्रमा खसेको छ । पृथ्वीको कक्षमा स्थापना गर्ने भुउपग्रहसहित प्रक्षेपण गरिएको रकेट केही समयपछि नै कोरियाली प्रायद्धिपको समुन्द्रमा खसेको हो । रकेटको केही टुक्रा कोरियाली प्रायद्धिपको समुन्द्र र केही फिलिपिन्सनजिक खसेको बताईएको छ । उत्तर कोरियाले पुथ्वीको कक्षमा भुउपग्रह स्थापना गर्ने आफ्नो प्रयास असफल भएको स्वीकार गरेको छ ।


उत्तर कोरियाले शान्तिपूर्ण प्रयोजनका लागि आफ्ना नेता किम इृल सुङको १०० औ जन्मोत्सवको अवसरमा सेटेलाईट स्थापना गर्न रकेट प्रक्षेपण गर्न खोजेको जनाए पनि अमेरिका, जापान र दक्षिण कोरियाले लामो दुरीको मार हान्नसक्ने मिसाईलका लागि रकेट प्रक्षेपण हुने आशंका गरेका थिए । दक्षिण कोरियाली अधिकारीहरुले स्थानीय समय अनुसार शुक्रवार ७ बजेर ३९ मिनेटमा प्रक्षेपण गरिएको रकेट केही समयपछि नै असफल भई पानीमा खसेको दावी गरेका थिए । अमेरिकी र दक्षिण कोरियाली जासुसी निकायका अधिकारीहरुले उत्तर कोरियाको रकेट प्रक्षेपण असफल भएको निचोड निकालेका थिए । केही घण्टा मौन रहेको उत्तर कोरियाले अन्तत : रकेट अभियान असफल भएको स्वीकार गरेको हो ।


यसअघि जापान र दक्षिण कोरियाले रकेटले आफ्नो देशको सुरक्षामा खतरा उत्पन्न गरे मिसाईल प्रयोग गरेर त्यसलाई खसाली दिने चेतावनी दिएका थिए ।