जापानमा सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । जापानको पश्चिमी शहर क्योटोमा एउटा मिनी भ्यान चालकले जथाभावी गाडी चलाउँदा उक्त दुर्घटना भएको हो ।
अति ब्यस्त शहरमा ट्राफिक नियम उलंघन गरी चालकले गाडी चलाउँदा सडकमा हिंडेका बटुवा लगाएत पर्यटकहरुको मृत्यु भएको हो ।
उक्त मिनी भ्यानमा चालक एक्लै रहेको र चालकले अध्यधिक मात्रामा मादक पदार्थ सेवन गरेको बुझिएको छ । घटना लगत्तै चालकलाई नियन्त्रण लिएको छ । घटनाबारे छानबीन जारी छ ।