बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन ऐतिहासिक बर्मा भ्रमणको क्रममा रंगुन पुग्नुभएको छ । बर्मा पुग्ने उहां पहिलो बेलायती प्रधानमन्त्री हुनुहुन्छ ।
बर्माले प्रताजन्त्रतर्फको यात्रा तय गरेकाले उसमाथि लगाईएको अन्तर्राष्ट्रिय नाकाबन्दी खुकुलो पार्ने बचन उहांले दिनुभएको थियो ।
रंगुन पुगेर प्रजातन्त्रबादी नेतृ आङ साङ सुकीलाई भेट्नु अघि उहांले बर्माका राष्ट्रपति थान सिनसंग छलफल गर्नुहुने भएको छ ।
झण्डै आधा दशक सैनिक शासन ब्यहोरेको बर्मामाथि युरोपेली युनियन र अमेरिकाको आर्थिक नाकाबन्दी अझै जारी रहेपछि पश्चिमा मुलुकहरु बर्मासंगको सम्बन्ध सुधारमा उत्सुक देखिएका छन् ।