वाँगीमा विद्यालय स्वर्ण महोत्सव, स्थानीय विकास मन्त्री रायमाझीद्धारा संविधान जारी नगरि सरकार नछाडने दावी

– वीरेन्द्र केसी


वाँगी, अर्घाखाँची – स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले  शान्ति र संविधान जारी नगर्दै बाबुराम भटराई नेतृत्वले सरकार नछाडने बताए ।  शान्ति उच्च मावि वाँगीको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै शान्ति र संविधानको लागि बाबुरामको नेतृत्व विना संभव नभएको दावी गरे ।

 


अर्घाखाँचीको शान्ति उमावि वाँगीको स्वर्ण महोत्वसलाई सम्बोधन गर्दै स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी ।


सम्बोधन पछि पत्रकारहरुसित कुरा गर्दै उनले अहिले सरकार छाडनु जनयुद्ध जनआन्दोलनबाट जन्मिएको उपलब्धी बीच बाटोमै अलपत्र पर्ने पर्ने भएकाले जेठ १४ मा संविधान जारी गर्न सरकारले गृहकार्य गरिरहेको बताए ।  राजावादी र मोहन वैद्य समुहले अनेका बखेडा झिकी शान्ति र संविधान भाँडन खोजेको आरोप लगाए ।  यो अवस्थामा वैद्यले क्रान्ति युद्धका कुरा र राजावादीहरुले ज्ञानेन्द्रलाई ब्युताउन खोज्नुको कुनै अर्थ छैन माओवादी स्थायी समिति सदस्य समेत रहेका रायमाझीले भने ९९ प्रतिशत जनता शान्ति र संविधानको पक्षमा छन । उनले सबै दलहरु र अन्तराष्टिय शक्तिले बाबुरामको नेतृत्वमा संविधान निर्माण गर्न चाहेकाले पनि कसैले चाहेर पनि रोक्न नसक्ने बताए । सेना समायोजनको काम लगभग सकिएको छु उनले भने अब शान्ति प्रकि्रयाको काम बैशाख भित्र सकिने र जेठ १४ गते जनताको संविधान जारी गर्न सरकार दृढ रुपमा लागि परेको छ ।
 



उनले जसरी पनि जेठ १४ भित्र संविधान घोषण भएरै छाडने बताउनुभयो । शान्ति र संविधानको विकल्प नभएको अवस्थामा मोहन वैद्य समुहले सरकारको विरोध गर्नु कुनै तुक नभएको बताउँदै विरोध गरे जनताबाट नागिएर जाने बताए । शान्ति र संविधानमा भाँजो हाल्न खोज्नेहरु ज्ञानेन्द्रको जस्तै हालत हुनेछ माओवादी स्थायी समिति सदस्य समेत रहेका रायमाझीले भने दरबारिया र बैद्य समुहलाई अनेक बखेडा झिक्न छाडेर सरकारलाई सहयोग गरि शान्ति र संविधानमा सहयोग पुयाउनुको विकल्प छैन ।

 



उनले जातीयताको आधारमा नभएर पहिचाहन र सामाथ्र्यको आधारमा देशलाई संघीयतामा विभाजन गर्ने पनि बताए । कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य डिलाराम आचार्यले माओवादी नेतृत्वले शान्ति र संविधान जारी गर्ने दावी गरे । उनले संविधान नबनाएर जनताले लखेटने भन्दै जसरी पनि जेठ १४ अघि नै संविधान गरी गरिनुपर्ने बताए । माओवादी केन्द्रिय सल्लाहकार राजु नेपालीले मोहन वैद्य समुहले सरकारको विरोध गरेर बेमौसमीको बाजा बजाएको आरोप लगाए ।

 


कार्यक्रममा सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर खडका  ।

 

कार्यक्रममा माओवादी नेता खिम बहादुर विश्वकर्मा काग्रेस जिल्ला सभापति कमल प्रसाद भुसाल एमाले राष्टिय प्रतिनिधि परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर खडका शिक्षक माधव पंथीको साचालन र प्रचार्य मान बहादुर पाण्डेको स्वागतमा सम्पन्न भएको थियो । उक्त विद्यालय जिल्लाकै नमुना विद्यालय हो । कार्यक्रममा राष्टिय तथा स्थानीय स्तरका कलाकारले खुमन अधिकारी जमुना राना लगायतले मनोराजन दिएका थिए ।

 



 

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.