दिन दाहडै भुतको हल्ला फैलिएपछि काठमाडौंको न्युरोड क्षेत्रका पसल बन्द

काठमाडौं, वैशाख ४  – दिन दाहडै भुतको हल्ला फैलिएपछि न्युरोड क्षेत्रका केही व्यापारीले पसल बन्द गरेका छन्। लामो समयदेखि भूतघरको रुपमा चिनिएको पीपलबोट अगाडिको खाली घरमा भूतले मान्छेलाई उचालेर फ्याँकेको चर्चापछि त्रसित बनेका व्यापारीले पसल बन्द गरेका हुन्। उनीहरु अहिले पीपलबोट नजिकै जम्मा भएका छन्।

 

पीपलबोट अगाडिपट्टिएको सो घरमा लामो समयदेखि भूतले तर्साउने गरेको जनविश्वास छ। तर्साउने गरेका कारण न्युरोडको व्यस्त व्यापारिक क्षेत्रमा रहे पनि लामो समयदेखि सो घर खाली छ। – नागरिक