आज वेलायतमा महात्मा गान्धीले प्रयोग गरेको चश्मा, चरखा, उनको रगत मुछिएको माटोको लिलामी हुदै छ । उक्त लिलामीको भारतमा भ्रष्टाचार विरोधि अभियान सञ्चालन गर्दै आएका अन्ना हजारैंले विरोध गरेका छन् । उनले आइतबार भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र लेखेर उक्त लिलामी रोक्नु पर्ने बताएका थिए ।
यस विच भारतको सत्तारुढ दल कांग्रेसले पनि यो लिलामी गर्नु भनेको राष्ट्रपिता महात्मा गान्धीको अपमान गर्नु भएको बताएको छ । कांग्रेसले ति सबै सामान भारतमा फिर्ता पठाउनु पर्ने बताएको छ । साथै कांग्रेसले ति सबै सामान वेलायत कसरी पुग्यो भन्ने प्रश्न उठाएको छ ।