भारतद्धारा एक महादेशबाट अर्को महादेशमा मार हान्न सक्ने ब्लेस्टीक मिसायलको परीक्षण

भारतले एक महादेशबाट अर्को महादेशमा मार हान्न सक्ने ब्लेस्टीक मिसायलको आज परीक्षण गरेको छ । भारतको उडिसा स्थित व्हिलर टापुबाट अग्नि भी नामक अन्तरमहादेशीय मिसायलको परीक्षण गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

भारतको रक्षा अनुसन्धान तथा विकास संगठनले डिजाइन तथा विकास गरेको सो मिसायल मोबाइल लन्चरको सहायताले प्रक्षेपण गर्ने तयारी भइरहेको छ ।

 

मिसायलले पाँचहजार किलोमिटर टाढा सम्म मार हान्न सक्ने र यसको बारेमा वर्षैांदेखि परीक्षण हुँदै आएको जनाइएको छ ।

 

यो मिसायलको परीक्षण पछि भारत लामो दूरीको मिसाल मार हान्न सक्ने आणविक हतियार सम्पन्न देश हुने छ । १७ मिटर अग्लो र ५० टन भार भएको अग्नि भी मिसायलले १ टन क्षमताको आणविक हतियार बोक्न सक्ने भारतीय वैज्ञानिकहरुले जनाएका छन् ।