फ्रान्सको समाचार एजेन्सी एएफपीका फोटोपत्रकार मसुद हुसैनीलाई यस बर्षको पुलित्जर पुरस्कार प्रदान गरिएको छ । अफगानिस्तानमा कार्यरत हुसैनीले अफगानिस्तानमा आत्मघाती बिस्फोट लगत्तै एक बालिकाको चिच्याईरहेको फोटो आफनो क्यामरामा कैद गरेका थिए । उनले खिचेको यो फोटो ब्रेकिङ न्युज फोटोग्राफी श्रेणीको पुरस्कार हो । अफगानिस्तानको काबुलको भीडभाड क्षेत्रमा सन् २०११ को डिसेम्बरमा भएको आत्मघाती बिस्फोटपछिको यो दृश्यलाई पुलित्जर पुरस्कार समितिले मुटु छुने तस्वीरको संज्ञा दिंदै हुसैनीलाई पुलित्जर पुरस्कार प्रदान गरेको हो ।
विस्फोटको यो घटनामा ७० जना मारिएका थिए । आफू पुरस्कृत भएलगत्तै फोटोबारे प्रतिक्रिया दिंदै हुसैनीले ११ बर्षिया अफगानी बालीका तराना अकबरी आत्मघाती बिस्फोटपछी आफना वरिपरि थुप्रै मानिस मरेको र रगतमा लतपत भएको दृश्य देख्दा चिच्चाएको देख्दा आफू भावबिह्वल भई हात कमाई कमाई उक्त फोटो क्यामरामा कैद गरेको प्रतिक्रिया दिए । सन् १९१७ मा स्थापित पुलित्जर पुरस्कार पत्रकारिता र कलाक्षेत्रका प्रतिभालाई सम्मान गरिन्छ ।