मेरो अर्घाखाँची-भाग २



– डि आर जी सुमन

मैदान ५ अर्घाखाँची

 

उत्तर तर्फ बग्दछ्न दुर्गा अनि सिस्ने खोला
यस्तो नदि नेपालमै कमै मात्र होला
धन्चौर को झरना कस्तो राम्रो गाउ
एक पटक मात्र हेर्नु लाग्नेछ फेरी जाउ

 


मैदानको आलम देबी कलिकाठी  सिर 


बागी माथि हंसापुरमा  कति ठुलो भिर


ठाडा को दह अनि सिदारा को बन


जडी बुटी हरियाली जिल्लाको हो धन


 


नरपानिको चिसो हावा त्यसैमाथि खाची


त्यसै माथि पंक्षी हरु खेल्छन नाची नाची


हरियाली प्रसस्त छ के नै रहयो बाकी


सुन्दर ताले भरि पूर्ण मेरो अर्घाखाँची


 


महाभारत सिर संगै लहरेलेक घेरा


कालिकाठी सिरमा चडी लुम्बिनी लाइ हेर


रुपन्देही कपिलबस्तु जिल्ला देखि माथि


अर्घाखाँची जिल्ला मेरो लुम्बिनीको छाती