अर्घाखाँची डटकमको समाचार प्रभाव: विमला पुनको स्वास्थ्यमा सुधार हुँदै


उपचार पाएपछि विमला पुन । खान हिडडुल गर्न सक्ने भएपनि बोल्न भने अझै सकेकी छैनन ।

 

– अर्घाखाँची ब्युरो

 

अर्घाखाँची – घर नजिकैको भीरबाट लडेर बेहोस भएकी बालिका विमला पुनको स्थास्थ्यमा सुधार हुँदै गएको छ । समाचार संकलनको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा पुग्दा एउटा बालिका  अस्पतालको वेडमा छटपटाएको अवस्थामा भेटिईन ।

 

अवस्था हेर्यौ अत्यन्तै नाजुक देखियो छेउमै बसेका थिए उनका बुवा चन्द्र बहादुर । अवस्थाबारे सोध्दा साह्रै मन दुख्ने कुरा सुनियो । त्यसपछि अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्लेलाई भेटेपछि फकिएर एउटा समाचार लेखियो जुन समाचारको शिर्षक छ । ६ हजार नहुँदा बालिका मृत्यु शैयामा छटपटाउँदै शिर्षकमा २०६८ साल चैत २८ गते शुक्रवारको यसै अनलाईमा समाचार सम्पे्रषण भएको छ हेर्न सक्नुहुन्छ । समाचार अपडेट भएकै दिनदेखी हाम्रो अनलाईन हेर्नुहुने नेपाल तथा विदेशमा रहनुभएका पाठकवृन्दहरुबाट आर्थिक सहयोग भएपछि अभिभावक अति गरिब भएकाले पैसा नभएकै कारण अस्पतालमा छटपटाईरहेकी विमला पुनलाई बुवाले भैरहवा पुयाएर उपचार गराएर फर्किए ।

 


कतारबाट पठाएको रकम पुनलाई दिदै अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्ले ।


अहिले विमला हिडडुल गर्न सक्ने खाना खाने भएकी तर अझै पनि बोल्न भने सकिरहेकी छैन । भविश्यको उज्ज्वल सपना बुन्दै गरेकी विमलालाई हाम्रो समाचार पढेर सहयोग गरि जीवन बचाईदिनमा आर्थिक सहयोग गरिदिनुभएकोमा सहयोग दातालाई अर्घाखाँची डटकम हार्दिक आभार प्रकट गर्दछ ।


अर्घाखाँची डटकमले समाचार सम्प्रेषण गरेर पुलको काम मात्र गरेको थियो तर नेपाल तथा विदेशमा रहेका व्यक्तिहरुबाट सहयोग भएपछि मृत्यु शैयामा छटपटाईरहेकी विमलाको स्वास्थयमा केही सुधार भएको छ । अहिले विमला आफनो घरमा गएकी छिन थप उपचारको लागि १५ दिनपछि पुन जचाँउनको लागि ल्याउन भनेको बुवा चन्द्र बहादुरले बताए । उनले छोरीको जीवन बचाईदिनको लागि  आर्थिक सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन ।

 


 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.