भारतले पाँच हजार किलोमिटर सम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

भारत – भारतले बिहीबार पाँच हजार किलोमिटर सम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । भारतीय सुरक्षा अधिकारीका अनुसार अग्नी-५ नाम दिइएको यस क्षेप्यास्त्रमा परमाणु क्षमता उलब्ध छ ।

 

भारतीय समय अनुसार बिहान ८ बजेर ७ मिनेटमा भारतको पूर्वी तटीय क्षेत्रमा परीक्षण गरिएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंह तथा रक्षा मन्त्री एके एंटनीलेले अग्नी-५ क्षेप्यास्त्रको सफल परीक्षणका लागि वैज्ञानिकहरुलाई बधाई दिएका छन् ।

 

बुधबार नै परीक्षणको तयारी गरिएपनि मौसममा आएको खराबीका कारण हुन सकेको थिएन । यस क्षेप्यास्त्रको निर्माणसंगै भारतसंग चीनको बेइजिङ तथा संघाई जस्ता सहरमा परमाणु हतियार प्रहार गर्ने क्षमता भएको छ । चीनसंग भने भारतको कुनै पनि शहरमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र रहेको छ । चीनको क्षेत्रीय प्रभूत्वलाई चुनौति दिन र भारतको एसियाली शक्ति बन्ने चाहनालाई अग्नीको परीक्षणले दर्शाएको छ ।

 

एजेन्सी