अमेरिकाले २०१४ सम्ममा आफ्ना सेना फिर्ता भए पनि अफगानिस्तानको साथ नछोड्ने प्रतिबद्धता

सन् २०१४ सम्ममा अफगानिस्तानबाट आफना सम्पूर्ण सेना फिर्ता गर्ने निर्णय गरेको छ । अमेरिकाले आफ्ना सेना फिर्ता भए पनि अफगानिस्तानको साथ नछोड्ने प्रतिबद्धता जनाएको छ ।

 

बेल्जियमको राजधानी ब्रसल्समा सम्पन्न नेटोको बैठकमा अमेरिकी बिदेशमन्त्री हिलारी क्लिन्टनले अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलका लागि आर्थिक सहयोग जुटाउने आश्वासन पनि दिनुभयो ।

 

अफगानी सेनाको प्रशंसा गर्दै क्लिन्टनले सन् २०१४ पछि अफगानिस्तानको सुरक्षाको जिम्मा अफगानिस्तानले लिनेमा आफू बिश्वस्त रहेको बताएका छन् ।

 

अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले बर्षेनी दुई अर्व डलरको मद्दत गर्न बिश्व समुदायलाई अपील गर्नुभएको छ ।