सन्धिखर्क, अर्घाखाँची । कपिलवस्तुका संचारकर्मी माथि गए राति स्थानिय पाँच जनाको समूहले कुटपिट गरेको घट्नालाई लिएर नेपाल पत्रकार महासंघ अर्घाखाँचीले घोर निन्दा एबं भत्स्रना गरेको छ।
सचिब प्रेमनारायण आचार्यद्धारा जारी प्रेस बिज्ञप्ति अनुसार दोषिलाई तत्काल पक्राउ गरी कारवाहीको माग गरिएको छ। यसैगरी पत्रकारहरु माथिको आक्रमण गर्ने क्रम बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरेको छ।
प्रेस बिज्ञप्ति
कपिलवस्तुको रेडियो समान्तामा कार्यरत कार्यक्रम प्रमुख एवम समाचार बाचक कृष्ण गैरे समाचार वाचक प्रदिप चौधरी बजार प्रमुख कृष्ण आर्चाय र कार्यक्रम संचालक अर्जुन गुरुङलाई गए राति स्थानिय पाँच जनाको समूहले कुटपिट गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ अर्घाखाँचीले घोर निन्दा एबं भत्स्रना गर्दै घटनामा संलग्न दोषिलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दछौ ।
पत्रकारहरु माथिको आक्रमण गर्ने क्रम बढ्दै गएको छ यसलाई रोक्न पनि महासंघले जोडदार विज्ञप्तीमार्फत माग गर्दछ । केही दिन अगाडी मात्र झापाका पत्रकार यादव पौडेलको हत्याको घटना सेलाउन नपाउँदै शुक्रवार राती रेडियो समानता कपिलवस्तुमा कार्यरत साचारकर्मीहरु माथि भएको आक्रमणले देसका संचारकर्मिहरु सुरक्षित छैनन भन्ने हामिले ठहर गरेका छौ ।
प्रेमनारायण आचार्य
सचिब
नेपाल पत्रकार महासंघ
अर्घाखाँची शाखा
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.