सिरियामा सरकार र विद्रोहीवीच जारी युद्धविरामको अनुगमनका लागि राष्ट्रसंघले कम्तिमा तीनसय अनुगमनकर्ता पठाउने

सिरियामा सरकार र विद्रोहीवीच जारी युद्धविरामको अनुगमनका लागि राष्ट्रसंघले कम्तिमा तीनसय अनुगमनकर्ता पठाउने भएको छ ।

 

राष्ट्रसंघको सुरक्षा परिषदमा भएको यसम्बन्धी मतदानमा अनुगमनकर्ता थप्ने प्रस्ताव पारित भएको छ । हाल सिरियामा थोरै संख्यामा रहेका राष्ट्रसंघीय अनुगमनकर्ताहरुलाई आगामी तीन महिनाभित्र तीन सयले सघाउने छन् । अनुगमनकर्ताले विद्रोहीहरुको बाहुल्यता रहेको होम्स शहरमा पनि पहिलोपल्ट प्रबेश पाउने छन् जहां सरकारी सेनाले बमबारी गरिरहेको छ ।

 

सिरियामा राष्ट्रपति असाद समर्थक सेना र विद्रोहीवीच एकबर्षदेखि जारी द्धन्दमा कयोंले ज्यान गुमाईसकेका छन् ।

 

 राष्ट्रसंघ र अरव लीगका दुत कोफी अन्नानको ६ बुंदे शानित प्रस्तावमा सहमत हुंदै अप्रिल १२ देखि सिरियामा युद्धविराम भएको थियो तर कतिपय स्थानमा अझै गोली हानाहानको अवस्था रहेको छ ।