– प्रेमनारायण आचार्य
अर्घाखाँची ११ बैसाख । पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उदेश्यले नेपाली काग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठक धातिबांगको सिद्ध गुफामा आज सम्पन्न भएको छ ।
प्रचार प्रसारको अभाबमा ओझेलमा परेको धातिबांग गाविसमा वाड न. ८ मा रहेको सिद्ध गुफाको प्रचार प्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्रयाई आय आर्जन बढाउने उदेश्यले बैठककोआयोजना गरिएको नेपालि काग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीका सभापति कमल प्रसाद भुसालले बताउनु भयो ।
प्रचार प्रसारको अभाबमा ओझेलमा परेका बिभिन्न धार्मिक तथा पर्यटकिय स्थलको प्रचार प्रसार गर्न काग्रेस अर्घाखाँचीले यस्तो अभियान थालेको हो। बैठकले काग्रेसको संगठन सुदृढीकरण गर्ने बारेमा बिभिन्न निर्णय गरेको काग्रेसका जिल्ला कोषध्यक्ष हरिबहादुर खड्काले जानकारी दिनु भयो ।
गुफाको धार्मिक महत्को बारेमा गुफामा रहनु भएका स्वामी कुसलानन्द सरस्वतिले जानकारी गराउनु भएको थियो ।
पुरानो समाचारमा यो पनि:-
दुर्वासेश्वर गुफा ओझेलमा
अर्घाखाँची, २१ भदौ २०६८