म आफ्नै आधार (गजल )

भिम  बस्नेत

बागी ८ अर्घाखाँची,नेपाल

हाल दोहा कतार

———————————-


म आफ्नै आधार बदल्न खोज्दै छु ।


पुरानो बिचार बदल्न खोज्दै छु ।।



मानिस एउटै जात भो फरक


रुढिबादी संस्कार बदल्न खोज्दै छु ।।



जङली युगको अन्त्य भो रे आज


म बस्ने ओढार बदल्न खोज्दै छु ।।



पतझर  जिन्दगी  होइन  मौसम


बसन्तको बहार बदल्न खोज्दै छु ।।



जहाँ छ अशिक्षा,बेरोजगार शहर


म त्यहीं संसार  बदल्न खोज्दै छु ।