—————————————–
पसिनाको भेल भयो मरुभूमि यो जिन्दगी ।
पानी माथि तेल भयो मरुभूमि यो जिन्दगी ।।
जिन्दगी त खेल रैछ खेली छाड्यो कर्मले नै
यै कर्मको खेल भयो मरुभूमि यो जिन्दगी ।।
सोचेको थें भाग्य फुल्ने फुलबारी हो कतार
कागलाई बेल भयो मरुभूमि जिन्दगी यो ।।
श्रम बेची सपना साँचें दु:खमा हुर्के दु:खमा बाँचें
दुखै दु:खको मेल भयो मरुभूमि यो जिन्दगी ।।
प्यासी बनी खोला धाएं बगर मै दिन बिताएँ
आफैलाई झेल भयो मरुभूमि यो जिन्दगी ।।