इरानको तेल प्रणालीमाथि साईबर आक्रमण भएपछि तेल निर्यात प्रभावित

इरानको तेल प्रणालीमाथि साईबर आक्रमण भएपछि तेल निर्यात प्रभावित भएको छ ।

 

ईरानी समाचार संस्था मेहरका अनुसार इरानको तेल मन्त्रालय र राष्ट्रिय तेल कम्पनीमाथि साईबर हमला भएको हो । साइवर हमलापछि इरानी तेल निर्यात प्रणालीको विश्व बजारसँगको कारोबार केही समयका लागि टुटेको छ । इरानका प्रमुख तेल निर्यात कम्पनीहरुका वेभसाईट बन्द भएका छन् ।

 

खार्ग टापुमा रहेको केन्द्रीय तेल निर्यात प्रणालीसँगै अरु आयल प्लान्ट समेत बन्द गरिएका छन् । साईबर हमला कसले ग-यो भन्नेबारे केहि खुलेको छैन ।

 

ईरानलाई आफ्नो केन्द्रीय बैंकिङ कारोबारबाट अलग्याउने अमेरिकी निर्णयपछि विश्व तेल बजारमा संघर्ष गरिरहेको ईरानलाई पछिल्लो घटनाले झनै कमजोर बनाउने विष्लेषकहरुको अनुमान छ ।