डिल्लीबजार, सदरखोरमा ‘अपहरण तथा शरीर बन्धक मुद्दा’ खेपिरहेका उनको पत्रलाई कारागार कार्यालयले ‘कभरिङ लेटर’ सहित संविधानसभा सचिवालय पठाएका हुन्।
निवेदनमा गुप्ताले आफू संविधानसभा सदस्यबाट निलम्बन वा निष्कासन नभएकोले संविधानसभा बैठकमा उपस्थित गराउन नेम्वाङसँग आग्रह गरेका हुन्। ‘म हाल अपहरण तथा शरीर बन्धक मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालयमा थुनामा रहेको छु, मेराविरुद्धको अभियोग प्रमाणित भएको अवस्था विद्यमान छैन’, बैशाख १० गते सभामुखसमक्ष पठाएको गुप्ताको निवेदनमा उल्लेख छ, ‘मेरो सभासद् निलम्बन वा निष्कासन भएको अवस्था पनि विद्यमान छैन।’
उनले आफू नेपालको अन्तरिम संविधानको धारा ६५ बमोजिम अयोग्य नभएको, धारा ६७ बमोजिम सदस्य पदको रिक्तता नभएको निवेदनमा उल्लेख गरेका छन्। निवेदनमा उल्लेख छ, ‘झूठो षड्यन्त्रपूर्ण अभियोग मात्र लागेको तर प्रमाणित नभएको सदस्यले बैठकमा भाग लिन नपाउने भन्ने अवस्था नभएको हुँदा आज उप्रान्त बस्ने संविधानसभाका सबै बैठकमा भाग लिन पाउने उपस्थित गराउनका लागि आवश्यक प्रवन्ध मिलाइए संविधानसभा बैठकमा भाग लिन पाउँ।’
नेम्वाङलाई पठाएको निवेदनको बोधार्थ प्रधानमन्त्री कार्यालयले र संसद्का महासचिवलाई बोधार्थ पठाएका छन्।
संसद् सचिवालयले निवेदनलाई ‘कभरिङ लेटर’ लेखेर पठाइदिने गृह मन्त्रालयसँग यसबारे आधिकारिक धारणा माग गरेको स्रोतको दाबी छ। जवाफमा गृहका अधिकारीले निवेदन पठाइदिएर गल्ती भएको स्वीकारेको सचिवालय स्रोतको दाबी छ।
सभासद् फौजदारी अभियोगमा थुनामा रहे पनि उसको सभासद् पद निलम्बित नहुने कानूनी व्यवस्थाका कारण अपहरणको अभियोगमा तीन महिनादेखि थुनामा रहेका गुप्ताको सभासद्को हैसियत कायमै छ। गुप्ताले बेला बेलामा जेल प्रशासनकै टेलिफोन प्रयोग गरी सभामुखलाई समेत फोन गर्ने गरेको स्रोतको दाबी छ।