संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन आज भारतको औपचारिक भ्रमणमा आउदै हुनुहुन्छ । भारतको राजधानीमा मुनले विभिन्न राजनेतासँग अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल गर्ने भारतीय संचार माध्यमहरुले जनाएका छन् । भारत भ्रमणको क्रममा मुनलाई जामिया ईस्लामिया विश्वविद्यालयले सम्मानार्थ विद्यावारिधि प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतले हालै लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरेपछि राष्ट्रसंघका महासचिवको भ्रमण हुनुलाई विशेष अर्थमा लिईएको छ ।
यसैगरी मुनले यसै साताको अन्त्यतिर म्यान्मारको भ्रमण गरी आङ साङ सुकीसँग पहिलोपल्ट भेटघाट गर्ने कार्यक्रम रहेको छ । म्यान्मारमा हालै राजनीतिक परिवर्तन एवं सुधारका कार्यक्रम अघि बढिरहेकोभए पनि सोमबार शपथग्रहणको विषयलाई लिएर पुनः राजनीतिक असमझदारी बढेको छ । म्यान्मारकी प्रजातन्त्रवादी नेतृ सुकीसँग वानले पहिलो पटक भेटघाट गर्दै छन् । म्यान्मार भ्रमणको अवर्सरमा मुनले राष्ट्रपति थाँन सेनसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।