अमेरिकाको कनैक्टीकट राज्यले आफ्नो राज्यबाट मृत्युदण्डको व्यवस्थालाई हटाउने निर्णय

मृत्युदण्डको प्रावधान कायमै राखेको अमेरिकाको कनैक्टीकट राज्यले आफ्नो राज्यबाट मृत्युदण्डको व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।

 

मृत्युदण्डको प्रावधान हटाउने कनैक्टीकट अमेरिकाको १७ औं राज्य हो ।

 

विश्वभर नागरिक स्वतन्त्रता र मानवअधिकारकालाई लडेको बताउने अमेरिका स्वयंले भने अझैसम्म मृत्युदण्डको व्यवस्थालाई कायमै राखेको छ ।

 

 राज्यका गभर्नर डैनल मेलायले यससम्बन्धि विधेयकलाई प्रमाणीकरण गरेपछि यो कानूनका रुपमा लागू भएको छ ।