संविधानसभाको बैठक १७ गतेसम्मका लागि सूचना टाँसेर स्थागित

काठमाडौ – संविधानसभाको बैठक १७ गतेसम्मका लागि स्थागित गरिएको छ । दलहरुले नयाँ संविधानका विवादित विषयहरुमा सहमति खोज्न दुई दिन थप सम मागेका कारण संविधानसभाको बैठक सूचना टाँसेर स्थागित गरिएको हो ।

यषसघि तीन दिन बढाइएको समयावधीमा समेत सहमति जुट्न नसकेपछि समय थप गर्न प्रस्ताव गरिएको हो । समय थप नगरिएको भए आजदेखि संविधानसभाको बैठकमा निर्वाचनमार्फत विवादित विषयहरु टुङ्ग्याउदै लैजाने तयारी गरेको थियो ।

यसैबीच दलका शीर्ष नेताहरु सहितको बैठक बिहीबार पनि संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु भएको छ । बिहानैदेखि दलहरु दुई पक्षीय बैठकहरु गरे दिउँसो मधेसी मोर्चासिहत माओवादी, काँग्रेस र एमालेको बैठक भएको हो ।

नेताहरुले नागरिता, निर्वाचन प्रणाली, शासकीय स्वरुपमा सहमति नजिक पुगेको बताउने गरेपनि अझै मुल विवादको विषयको रुपमा रहेको राज्यको पुनर्संरचनामा भने सहमति जुटाउन सकेको छैन । – कान्तिपुर