सिरियाको हामा शहरमा एउटा घरमा शक्तिशाली विष्फोट हुँदा ७० जनाभन्दा धेरै मारिए

सिरियाको हामा शहरमा एउटा घरमा शक्तिशाली विष्फोट हुँदा ७० जनाभन्दा धेरै मारिएका छन् ।

 

सिरियाली अधिकारकर्मीहरुले घटनामा सिरियाली सैनिकहरुको हात रहेको आरोप लगाएका छन् ।

 

तर सिरियाको सरकारी संचार माध्यमले भने विद्रोहीहरुले वम उद्योग संचालन गरिरहेको घरमा विष्फोट हुँदा १६ जनाको मृत्यु भएको दावी गरेको छ । दक्षिणी सिरियाको माशा अत तयार जिल्लामा भएको उक्त विष्फोट सिरियामा जारी विद्रोहमा अहिलेसम्मकै शक्तिशाली विष्फोट भएको बताईएको छ ।

 

यसैविच सिरियाली सेनाले एकजना स्थानीय संचारकर्मीलाई जमिनमा जिउदै गाडेको भिडियो सार्वजनीक भएको छ । अरबी टेलिभिजनहरुलाई सिरियामा जारी आन्दोलनका सामग्री उपलब्ध गराएको आशंकामा सरकारी सेनाले जिउदै गाडेका ती संचारकर्मीको नाम भने खुल्न सकेको छैन ।